फेसबुकसँगको सबै सम्बन्ध तोड्ने भाइबरको घोषणा



भाइबरले फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम नगर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् । भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको छ ।

रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ’एन्टी डिफेमेसन लिग’सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो । यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंदै आएको विज्ञापन बन्द गरेका छन् ।

फेसबुकले आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक, रंगभेदी अभिव्यक्ति नियन्त्रण गर्न असफल भएको भन्दै यस्तो आह्वान गरिएको हो । भाइबरले ’स्टप हेट फर प्रफिट’ नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

वेब डिजाइन प्रवृत्तिको भविष्य

वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको भर्चुअल (अनलाइन) अनुहारको रूपमा काम गर्दछ ।

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

बाबुराम अर्याल । आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो