अनलाइनबाटै कक्षा सञ्चालन गर्न चाहने विश्वबिद्यालय, कलेज र विद्यालयलाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने



कोरोनाले गर्दा पढ्ने र पढाउने काम ठप्प भएको छ । यसको एउटा सामाधान भनेको इन्टरनेट भएको ठाउँमा अनलाइन पढाउने व्यवस्था गर्नु हो । अबरुद्ध बिश्वबिद्यालयहरु, कलेजहरु र बिद्यालयहरुको कक्षाहरु अनलाइन बाटै सञ्चालन गर्न चाहने शिक्षण संस्थाहरुलाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्नेछ । ईच्छुक बिश्वबिद्यालय र बिद्यालयहरुले सम्पर्क राख्नु होला ।

1. सो अनलाईन कक्षा संचालन गर्नको लागी चाहिने सम्पूर्ण व्यवस्था राष्ट्रिय आविष्कार केन्द्रले नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क (https://www.nren.net.np/) भन्ने संस्था संग मिलेर गर्ने छ। बिगत १० बर्ष देखि म उक्त संस्थाको संस्थापक सदस्य हुँ। सो अनलाइन पढाउने सिस्टम बनाउने काम ५ बर्ष अगाढी देखि सुरु गरिएको थियो । मैले अहिलेसम्म गरेको टेलि-टिचिंगको कामहरु यहि सिस्टम मार्फत गरेको हो । अनलाईन कक्षा संचालन गर्नको लागी आबश्यक पर्ने सम्पूर्ण टेक्निकल उपकरणहरु थप गर्ने र सक्षम सपोर्ट टीमको थप ब्यबस्था गर्ने काममा राष्ट्रिय आविष्कार केन्द्र (https://nicnepal.org/) ले नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क लाई पूर्ण सहयोग गर्ने छ। किनभने सो एजुकेशन नेटवर्क भने संस्था एउटा सानो संस्था हो र आर्थिक रुपमा कमजोर छ । हाललाई यो कार्यक्रम तत्कालै सुरु गर्नु पर्ने भएकोले आवश्यक पर्ने Zoom भन्ने कम्पनीले बनाएको वेब कन्फ्रेंसिंग सफ्टवेरको लाईसेंसको पनि ब्यबस्था गर्ने छ र शैक्षिक संस्थाहरुलाई उपलब्ध गराउनेछ ।

2. अनलाईन कक्षा संचालन गर्नको लागी पढाउने शिक्षकहरुको बन्दोबस्त र पढाउने ठाउँमा चाहिने राम्रो क्षमताको इन्टरनेट, ल्यापटप र डिजिटल क्य्रामाराको बन्दोबस्त सम्बन्धित शिक्षण संस्थाले नै आफ्नै खर्चमा व्यवस्था गर्नु पर्नेछ र आफ्ना बिद्यार्थीहरुलाई पनि तयारी अबस्थामा राख्नु पर्नेछ ।
.
3. यो सिस्टमको संचालनार्थ चाहिने तीन महिना सम्मको संचालन खर्च (Operation Cost) पनि राष्ट्रिय आविष्कार केन्द्रले बेहोरिदिने छ. त्यस पछि पनि अनलाइन कक्षालाई निरन्तरता दिन चाहनेले संचालन खर्च भने सम्बन्धित शिक्षण संस्थाले बेहोर्नु पर्ने छ ।

4. यो अनलाईन कक्षा संचालन गर्न चाहने कलेज, बिश्व बिद्यालय र बिद्यालयहरुले थप जानकारीको लागी मलाई यहि कामको लागि भनेर बनाईएको इमेल [email protected] मा सम्पर्क गर्नु होला अथवा 9841592361 मा फोन गर्नु होला. धन्यबाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस

कर्णाली । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना

कक्षा १२ को परीक्षा भदौ महिनासम्ममा लिइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक

फेसबुकले अडियो सामग्री बज्ने नयाँ सुविधा थप गर्ने

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो

टिकटकमा चर्चित एपको स्वामित्व भएको बाइटडान्स कम्पनीको आय दुई गुणा दोब्बर

चर्चित भिडियो शेयरिङ एप टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गत वर्ष आफ्नो आय