अनलाइनबाटै कक्षा सञ्चालन गर्न चाहने विश्वबिद्यालय, कलेज र विद्यालयलाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने



कोरोनाले गर्दा पढ्ने र पढाउने काम ठप्प भएको छ । यसको एउटा सामाधान भनेको इन्टरनेट भएको ठाउँमा अनलाइन पढाउने व्यवस्था गर्नु हो । अबरुद्ध बिश्वबिद्यालयहरु, कलेजहरु र बिद्यालयहरुको कक्षाहरु अनलाइन बाटै सञ्चालन गर्न चाहने शिक्षण संस्थाहरुलाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्नेछ । ईच्छुक बिश्वबिद्यालय र बिद्यालयहरुले सम्पर्क राख्नु होला ।

1. सो अनलाईन कक्षा संचालन गर्नको लागी चाहिने सम्पूर्ण व्यवस्था राष्ट्रिय आविष्कार केन्द्रले नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क (https://www.nren.net.np/) भन्ने संस्था संग मिलेर गर्ने छ। बिगत १० बर्ष देखि म उक्त संस्थाको संस्थापक सदस्य हुँ। सो अनलाइन पढाउने सिस्टम बनाउने काम ५ बर्ष अगाढी देखि सुरु गरिएको थियो । मैले अहिलेसम्म गरेको टेलि-टिचिंगको कामहरु यहि सिस्टम मार्फत गरेको हो । अनलाईन कक्षा संचालन गर्नको लागी आबश्यक पर्ने सम्पूर्ण टेक्निकल उपकरणहरु थप गर्ने र सक्षम सपोर्ट टीमको थप ब्यबस्था गर्ने काममा राष्ट्रिय आविष्कार केन्द्र (https://nicnepal.org/) ले नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क लाई पूर्ण सहयोग गर्ने छ। किनभने सो एजुकेशन नेटवर्क भने संस्था एउटा सानो संस्था हो र आर्थिक रुपमा कमजोर छ । हाललाई यो कार्यक्रम तत्कालै सुरु गर्नु पर्ने भएकोले आवश्यक पर्ने Zoom भन्ने कम्पनीले बनाएको वेब कन्फ्रेंसिंग सफ्टवेरको लाईसेंसको पनि ब्यबस्था गर्ने छ र शैक्षिक संस्थाहरुलाई उपलब्ध गराउनेछ ।

2. अनलाईन कक्षा संचालन गर्नको लागी पढाउने शिक्षकहरुको बन्दोबस्त र पढाउने ठाउँमा चाहिने राम्रो क्षमताको इन्टरनेट, ल्यापटप र डिजिटल क्य्रामाराको बन्दोबस्त सम्बन्धित शिक्षण संस्थाले नै आफ्नै खर्चमा व्यवस्था गर्नु पर्नेछ र आफ्ना बिद्यार्थीहरुलाई पनि तयारी अबस्थामा राख्नु पर्नेछ ।
.
3. यो सिस्टमको संचालनार्थ चाहिने तीन महिना सम्मको संचालन खर्च (Operation Cost) पनि राष्ट्रिय आविष्कार केन्द्रले बेहोरिदिने छ. त्यस पछि पनि अनलाइन कक्षालाई निरन्तरता दिन चाहनेले संचालन खर्च भने सम्बन्धित शिक्षण संस्थाले बेहोर्नु पर्ने छ ।

4. यो अनलाईन कक्षा संचालन गर्न चाहने कलेज, बिश्व बिद्यालय र बिद्यालयहरुले थप जानकारीको लागी मलाई यहि कामको लागि भनेर बनाईएको इमेल mahabir.pun@gmail.com मा सम्पर्क गर्नु होला अथवा 9841592361 मा फोन गर्नु होला. धन्यबाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार

‘शिक्षकको माग करिब-करिब सम्बोधन हुनेगरी हामीले विधेयक बनाइरहेका छौँ’

काठमाडौँ । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी

शिक्षकहरूको अपेक्षा अनुरुपको शिक्षा ऐन आउन सकेन भने मुलुकको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउनसक्छ

-केशवप्रसाद भट्टराई । १. नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनलाई निर्णायक घडिमा पुर्याएको छ,

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका