नेपाली कांग्रेसले ल्यायो कोरोनाको ‘स्व–परीक्षण वेब एप’



कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरिएको बारे ।

विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले एक वेब एप जारी गरेको छ ।

https://www.nepalicongress.org/covid19/

पार्टीको वेबसाईट मार्फत जारी वेब एपका विशेषता, उद्देश्य, चिकित्सकीय परामर्श एवं निर्माण टिम बारे जानकारी दिन यो प्रेस नोट प्रकाशित गरिएको छ ।

वेब एपका दुई विशेषता
(१) घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने ।
(२) कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने ।

तीन उद्देश्य
(१) नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने ।
(२) भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने ।
(३) संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने ।

चिकित्सकीय परामर्श
(१) डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(२) डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ
(३) डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(४) डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञ

निर्माण टिम
(१) ई. शशांकश्री न्यौपाने, पूर्व केन्द्रीय सदस्य, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल
(सीडेन )
(२) ई. दिपेश बिष्ट, पूर्व महासचिव, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडेन)

थप सुझावहरु ग्रहण गर्दै वेब एपको परिमार्जित भर्सन क्रमशः ल्याइने छ ।

(आजको संकट हामी सबै माथिको साझा संकट हो ।
आउनोस् सबै मिलेर संयम पूर्वक सामना गरौं ।)

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आलोचना गर्दैमा कांग्रेसको कोही पनि भीम रावल बन्नु पर्दैनः गगन थापा

कलैया । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको शैली परिवर्तन अपरिहार्य रहेको

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्

उपमेयर डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५