कोरोनाभाइरसका कारण आईफोन आपूर्ति प्रभावित हुने एप्पल कम्पनीको चिन्ता



अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ।

उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र “विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध” हुने बताएको छ।

कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी हो।

यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो। तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण चाहिँ दिएको छैन।

“मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौँ,” एपलले एउटा विज्ञप्तिमा भनेको छ। उसका अनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ।

चीनमा अवस्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एपलले जनाएको छ।

आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित भए पनि ती पुन: खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एपलको भनाइ छ।

विश्लेषकहरूका अनुसार नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले चीनमा यो त्रैमासिकमा स्मार्टफोनको माग घट्न सक्छ। चीन हातमा बोकिने त्यस्ता साना विद्युतीय उपकरणको सबैभन्दा ठूलो बजार हो।

भाइरसका कारण सवारीसाधन उद्योग पनि प्रभावित भएको छ। गत हप्ता ठूला उपकरण बनाउने कम्पनी जेसीबीले यूकेमा आफ्नो उत्पादन घटाउने घोषणा गरेको थियो।

चीनबाट आउने सामग्रीको अभाव भएकाले त्यसको गर्नुपरेको उसको भनाइ छ। विगत १३ दिनयया हुबेप्रान्त बाहिर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको छ।

गत हप्ता सोमवार हुबेबाहिर ४५० नयाँ बिरामी फेला परेकोमा यो सोमवार त्यो सङ्ख्या ह्वात्तै घटेर ११५ पुगेको छ। बिस्तारै उद्योग र पसलहरू सामान्य अवस्थामा फर्किए भने पनि एपलको चेतावनीले कोरोनाभाइरसका कारण चीनको अर्थतन्त्र नराम्ररी प्रभावित हुने सङ्केत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको