दुई अर्ब नाघे ह्वाट्सएपका प्रयोगकर्ता



फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सएपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सआपको ब्लगपोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।

अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।

गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया “इन्क्रिप्सन” योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् ।

ह्वाट्सएपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गूगलले लागू गर्‍यो एआई मोडमा नयाँ ‘क्वेरी फ्यान-आउट’ प्रविधि

वासिङ्गटन । गूगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ, जसले यसको

टिकटकद्वारा कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु

बेइजिङ । टिकटकले ‘टिकटोक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ ।

एआईले विश्वव्यापी ४० प्रतिशत रोजगारीमा असर पार्न सक्छ

जेनेभा । संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम

मेटाले इंस्टाग्राममा रील्सको गति बढाउने फिचर ल्यायो

वासिङ्टन । मेटाले इस्टाग्राममा नयाँ स्पीड फिचर थपेको छ, जसले प्रयोगकर्ताहरूलाई रील्सको गति