ट्विटर र इन्स्टाग्राम ह्याक



फेसबुकका सामाजिक सञ्जाल खाताहरू शुक्रवार ह्याकरहरूले केही बेरका लागि आफ्नो नियन्त्रणमा लिएका छन्।

ह्याकिङ समूह आवरमाइन (OurMine) ले ‘फेसबुक पनि ह्याक गर्न सकिन्छ’ भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए।

ती खाताहरू अहिले पुन:स्थापित गरिएका छन्। आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ। गत ज्यानुअरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो, “हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।”

उसले फेसबुकको इन्स्टाग्राम खाता र मेसेन्जर खाता आफ्नो नियन्त्रणमा लिएर आवरमाइनको लोगोको फोटो पोष्ट गरिदिएको थियो। फेसबुकको आफ्नै वेबसाइट भने ह्याक गरिएको थिएन।

ट्विटरले तेश्रो पार्टीले ह्याक गरेको पुष्टि गरेको छ र त्यसबारे थाहा पाएपछि प्रभावित खाताहरू बन्द गरिएको जनाएको छ।”त्यस्तो भएको जानकारी पाएपछि हामीले समस्यामा परेका खाताहरू बन्द गर्‍यौँ र फेसबुकस्थित हाम्रा सहकर्मीहरूसँग तिनलाई यथास्थितिमा पुर्‍याउन काम गरिरहेका छौँ,” ट्विटरले एउटा विज्ञप्तिमा भनेको छ।

फेसबुकमा भएको आक्रमण यसअघि न्याशनल फुटबल लिगमा जस्तै रहेको ठानिएको छ। यी खाताहरूमा खोरोज भनिने तेस्रो समूहमार्फत पुगिएको जस्तो देखिन्छ।

खोरोज भनेको व्यापारिक समूहले सामाजिक सञ्जालमा आदानप्रदान गर्ने सन्देशका लागि प्रयोग गरिने एउटा माध्यम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरानी परराष्ट्रमन्त्री

तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे

इजरायलले गाजामा कुनै मानवीय सहायता प्रवेश गर्न नदिने

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता

क्वालालम्पुर। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य