सामाजिक सञ्जाल कुलत प्रयोगकर्तासम्बन्धी तथ्याङ्क कम्पनीले दिनुपर्ने चिकित्सकहरुको माग



ब्रिटेनका अग्रणी मनोचिकित्सकहरूले भनेका छन्- इन्टरनेटको सामाजिक सञ्जालका कम्पनीहरूले अनुसन्धानकर्ताहरूलाई तिनीहरूको तथ्याङ्क उपलब्ध नगराउने हो भने बालबालिकाको मानसिक स्वास्थ्यमा सोसल मिडिया भनिने सामाजिक सञ्जालले पुर्याउने फाइदा र जोखिमका बारेमा कहिल्यै बुझ्न सकिने छैन।

प्रविधि कम्पनीहरूलाई तिनीहरूसँग रहेका प्रयोगकर्तासम्बन्धी तथ्याङ्क अनुसन्धानकर्तालाई उपलब्ध गराउन र महत्त्वपूर्ण अनुसन्धानहरूका लागि खर्च जुटाउनका लागि कर तिर्नुपर्ने बनाउन जरूरी भइसकेको ती मनोचिकित्सकहरूले भनेका छन्।

इन्टरनेटको अनियन्त्रित प्रयोगले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याउने गरेको प्रमाण बढ्दो रूपमा देखिँदै आएको छ।

तर त्यसबारेमा पर्याप्त अनुसन्धान हुन नसकेको ती मनोचिकित्सकहरूले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ। यूके सरकारले अनलाइन सुरक्षालाई नियमन गर्ने एकजना स्वतन्त्र नियमनकर्ता नियुक्त गर्ने योजना भने बनाएको छ।

ब्रिटेनमा मनोचिकित्सकहरूको एक प्रतिष्ठित संस्था- रोएल कलेज अफ साइकियाट्रिस्ट्सले उक्त प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदनले त्यस्ता नियमनकर्ताले मानिसहरूले कति समय अनलाइनमा बिताउँछन् भन्ने मात्रै होइन कि बालबालिका वा नवयुवाहरूले कसरी इन्स्टाग्राम, फेसबुक र ट्वीटरजस्ता सेवाको प्रयोग गरिरहेका छन् भन्ने जानकारी दिन्छ।

जसकै कारण ती विवरण सामाजिक सञ्जाल कम्पनीहरूबाट प्राप्त गर्न आवश्यक रहेको उसको भनाइ छ। त्यसरी प्राप्त हुनुपर्ने तथ्याङ्क बेनामे वा प्रयोगकर्ताको परिचय नखुल्ने प्रकारको हुनुपर्नेमा पनि उक्त प्रतिवेदनले जोड दिएको छ।

आफ्नी १४ वर्षीया छोरीले आत्महत्या गर्नुपछाडि आंशिक रूपमा इन्स्टाग्रामको प्रयोग पनि कारक हो भन्ने विश्वास गर्ने इयन रसेलले पनि उक्त प्रतिवेदनले गरेको मागलाई समर्थन गरेका छन्।

उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रममा बोल्दै उनकी छोरीले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा जस्तो प्रकारका तस्बिरहरू हेर्ने गर्थिन् जसले डिप्रेसनबाट पीडितहरूले “अन्ततोगत्वा आत्महत्या नै गर्ने” भन्ने सन्देशहरू दिने गर्दथे।

इयन रसेल भन्छन्- सोसल मिडिया कम्पनीहरूबाट प्राप्त गरिने तथ्याङ्कको प्रयोग गरेर हुने अनुसन्धान बिना “सामाजिक सञ्जालका विषयबस्तुले कसरी हाम्रा बालबालिका र नवयुवाहरूलाई आत्मघात र अझ दु:खद रूमा आफ्नै ज्यान लिने जस्ता कदम चाल्न प्रेरित गर्दा रहेछन्” भन्ने बुझ्न सकिने छैन।

मनोचिकित्सकहरू भन्छन्, “बालबालिकाले इन्टरनेट प्रविधिको प्रयोग गर्दा त्यसका धेरै फाइदाहरू छन्। जस्तै अनलाइन सहयोग प्राप्त गर्न सक्छन्, साथीहरूसँग तत्काल कुराकानी गर्न सक्छन्, विभिन्न सूचना तथा जानकारीहरू प्राप्त गर्न सक्छन्।”

“तर स्क्रिनमा हेरेर धेरै समय बिताउँदा तिनीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

  गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै