अमेरिकी दूतावासद्वारा प्रहरीलाई पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण प्रदान



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ ।

राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष मंगलबार हस्तान्तरण गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक कार्ल ए रिशिमले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई हस्तान्तरण गरेका हुन् । नेपाल प्रहरीलाई पोलिग्राफ प्रविधिको शुरुवातदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदैआएको छ ।

अहिलेसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधासम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नाका साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ ।

यसैगरी, अमेरिकी राजदूतावासले नेटवर्किङ उपकरण हस्तान्तरणसमेत गरेको छ । दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरण सहयोग गरेको हो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक रिशिमले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा

हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…

अदानचुली, (हुम्ला) । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र

पृतनापति समन्वयात्मक बैठक, सम्पन्न, यस्तो आयो निष्कर्ष

काठमाडौँ । जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ

नयाँ प्रकृतिका सुरक्षा चुनौती बढ्योः सेना

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना