फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी



अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ।

फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले “प्रतिगुप्तचरीको सम्भावना” भएको उल्लेख गरेको हो।

अनुहारको तस्बिर सम्पादन गरेर युवा वा वृद्ध देखाइदिन सक्ने फेसएप केही महिनाअघि निकै चर्चित भएको थियो। त्यससँगै गोपनीयतासम्बन्धी प्रश्न पनि उठेको थियो।

अमेरिकामा विदेशी प्रविधि कम्पनीहरूका उत्पादनबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै चासो व्यक्त भइरहेको बेला एफबीआईको यो टिप्पणी आएको हो।

कुनै पनि मोबाइल एप्लिकेशन वा रुसमा विकसित फेसएपजस्ता उत्पादनबाट जासुसी हुन सक्ने सम्भावना भएको एफबीआईले शुमरलाई पठाएको पत्रमा उल्लेख छ।

उक्त एपमार्फत् विदेशबाट राजनीतिक हस्तक्षेप भएको कुनै प्रमाण फेला परे कारबाही गर्ने उसले बताएको छ। यस विषयमा फेसएपलाई प्रतिक्रियाका लागि अनुरोध गरिएको छ। तर उसले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

सेन्ट पिटर्सबर्गस्थित वायरलेस ल्याब नामक कम्पनीले फेसएपको निर्माण गरेको हो। उक्त कम्पनीले यसअघि प्रयोगकर्ताले सम्पादन गरेका तस्बिरहरू आफूले भण्डारण नगर्ने बताएको थियो।

फेसएपबाट अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिममा परेको र करोडौँ अमेरिकी नागरिकहरूको गोपनीयता खतरामा पर्न सक्ने भन्दै गत जुलाई महिनामा शुमरले छानबिनको माग राखेका थिए।

भर्खरै अमेरिकी सांसदहरूले एउटा चिनियाँ कम्पनीको स्वामित्वमा भएको भिडिओ शेअरिङ एप टिकटकबारे पनि कुरा उठाएका छन्।

संसारभरि टिकटक एपका करौडौँ प्रयोगकर्ता छन्। टिकटकको लोकप्रियता र चिनियाँ स्वामित्वला कारण पश्चिमा विश्व सतर्क भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी विद्यालयको सुरक्षामा ध्यान दिन ट्रम्पको सुझाव

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता

अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर

अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले

धुमपानका कारण लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु

धुमपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको

युरोपमा मङ्कीपक्स सङ्क्रमितहरुको सङ्ख्या बढ्दै

युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ । युरोपेली