भारतमा ह्वाट्सएपमा देखियो समस्या, जोखिमबाट बच्न नयाँ संस्करण प्रयोग गर्न आग्रह



भारतको साइबर सुरक्षा सम्बन्धी मुख्य निकायले सम्भावित जोखिम पाइएपछि ह्वाट्सएप प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनमा सन्देश आदानप्रदान गरिने उक्त एपको नयाँ संस्करण अपडेट गर्न आग्रह गरेको छ।

भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यस्तो आग्रह गरेको हो। उक्त सम्भावित जोखिम नचिनेको नम्बरबाट आउने एउटा भिडिओबाट सुरु हुनसक्छ।

ह्वाट्सएपले उपभोक्ताको फोनमा कुनै असर गरेको थियो भन्ने कारणहरू नरहेको बताएको थियो। नयाँ समस्याबारेको समाचार आए लगत्तै ह्वाट्सएपले उसको सफ्टवेयर फोनहरूमा ‘स्पाईवेयर’ राख्नमा प्रयोग भएको स्वीकारेको थियो।

ह्वाट्सएपको स्वामित्व लिने कम्पनी फेसबुकले उक्त एपमा देखिएको नयाँ जोखिमलाई समाधान गर्ने केही दिन अघि घोषणा गरेको थियो।

भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यदि कसैले नचिनिएको नम्बरबाट आएको उक्त भिडिओ खोलेमा एउटा सफ्टवेयर फोनमा स्वचालित रूपमा रहन जाने बताएको छ।

त्यसको प्रकृति पत्रकारहरू र अधिकारकर्मीहरू विरुद्ध प्रयोग गरिएको भनिएको एउटा ‘मालवेयर’को जस्तै रहेको छ। उक्त निकायले यस्तो जोखिमले जुनसुकै क्षेत्रमा रहेका फोनहरूमा पहुँच पाउने र त्यसका कार्यहरूलाई परिवर्तन गरिदिन सक्ने जनाएको छ।

उक्त एपमा एउटा सुरक्षा सम्बन्धी पनि समस्या रहेको र त्यसको समाधान गरिने उसले जनाएको छ। भारतमा मात्र ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही