ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको आरोप



संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।

बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए।

वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन्।

अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ। अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ।

अबुआमोलाई बुधवार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्। अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ।

फर्जी कागजपत्र बनाएको र सङ्घीय अनुसन्धान निकाय एफबीआईसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ।

सन् २०१५ मा ‘मिडिया पार्टनरशिप म्यानेजर’ पदमा काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए। अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ।

साउदी एजेन्टहरूको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ।

अनुसन्धानकर्ताहरूका अनुसार त्यसबारे अल्जाबराहका सुपरिवेक्षकहरूले हस्तक्षेप गरेका थिए। पत्नी एवम्‌ छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको