ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको आरोप



संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।

बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए।

वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन्।

अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ। अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ।

अबुआमोलाई बुधवार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्। अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ।

फर्जी कागजपत्र बनाएको र सङ्घीय अनुसन्धान निकाय एफबीआईसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ।

सन् २०१५ मा ‘मिडिया पार्टनरशिप म्यानेजर’ पदमा काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए। अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ।

साउदी एजेन्टहरूको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ।

अनुसन्धानकर्ताहरूका अनुसार त्यसबारे अल्जाबराहका सुपरिवेक्षकहरूले हस्तक्षेप गरेका थिए। पत्नी एवम्‌ छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूसले युक्रेनलाई ‘परीक्षण स्थल’ का रूपमा प्रयोग गरेको जेलेन्स्कीको भनाइ

किएभ । रूसले युक्रेनमा सशस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप युक्रेनी राष्ट्रपति

नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी

द हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री

पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु

रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

किएभ।  रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको