एक सय आठ मेगापिक्सल क्षमताको क्यामराजडित मोबाइल फोन सार्वजनिक



चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको छैन।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले “अत्यधिक मात्रामा स्पष्ट तस्बिर” कैद गर्ने क्षमता राख्छ। तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ।

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ। तर शाउमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो। युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ।

हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ। तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर नगर्ने

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य

पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल

  इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गाह्रो

पेरिस । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ ।

युद्धविरामको सम्झौता अनुसार हमासद्वारा थप ६ इजरायली बन्धक रिहा

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको