हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकमा केन्द्रित हुने



चीनको दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको घोषणा गरेको छ ।

बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।

हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ ।

प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् ।

उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो ।

दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ ।

थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर नगर्ने

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य

पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल

  इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गाह्रो

पेरिस । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ ।

युद्धविरामको सम्झौता अनुसार हमासद्वारा थप ६ इजरायली बन्धक रिहा

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको