टिकटक र म्युजिकली किन्ने चिनियाँ कम्पनीबारे अमेरिकामा छानबिन सुरु



भिडिओ शेयर गर्न प्रयोग हुने एप टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीले केही समयअघि म्युजिकल.ली एप किन्दा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुगेको वा नपुगेको विषयमा समीक्षा भइरहेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

दुई वर्षअघि बाईटड्यान्स नामक उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय भिडिओ शेअरिङ एप म्युजिकल.ली किनेको थियो।

नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गर्दै कम्पनी खरिदबिक्री हेर्ने अमेरिकी निकायबाट स्वीकृति नलिइएको हुनाले छानबिन भइरहेको रोएटर्सले जनाएको छ। अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरूका गतिविधिबारे बारम्बार आशङ्का व्यक्त गर्ने गरेको छ।

अमेरिकामा वैदेशिक लगानी हेर्ने निकाय सीएफआईयूएसले म्युजिकल.ली स्वामित्व हस्तान्तरणको विषय हेर्न थालेको स्रोतहरूले रोएटर्सलाई बताएका छन्।

बाईटड्यान्सले उक्त एप प्राप्तिका लागि सम्झौता गर्दा कुनै परीक्षण नभएकाले सीएफआईयूएसले यो विषयबारे अनुसन्धान गर्न सक्छ।

उक्त निकायले गैरअमेरिकी कम्पनीहरूले अमेरिकी कम्पनीको स्वामित्व ग्रहण गर्दा त्यसबाट राष्ट्रिय सुरक्षामा प्रभाव पर्छ कि पर्दैन भनेर समीक्षा गर्ने गर्छ।

बाईटड्यान्सले म्युजिकल.ली किन्दा प्राप्त गरेको सम्पत्ति के हुन्छ भन्ने विषयमा सीएफआईयूएसको चासो रहेको रोएटर्सले जनाएको छ।

बिक्री हुनुअघि उक्त एप प्रत्येक महिना छ करोड प्रयोगकर्ताले सक्रिय रूपमा चलाउने गरेको उसको दाबी थियो। बाईटड्यान्सले रोएटर्सले प्रकाशित गरेको विवरणबारे कुनै प्रतिक्रिया दिएको छैन।

टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढङ्गले नराखेको आरोप लागेपछि अमेरिकी नेताहरूले अनुसन्धान हुनुपर्ने माग राखेका थिए।

टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको आरोपको उक्त कम्पनीले खण्डन गरेको छ। चीनको चासो हुँदैमा आफूले कुनै पनि सामग्री नमेट्ने दाबी उसको छ।

टिकटक अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय छ। अमेरिकी प्रयोगकर्तामध्ये झन्डै ६० प्रतिशत व्यक्ति १६ देखि २४ वर्षका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ