श्रीमान श्रीमतीमाथि जासुसी गर्ने स्टकरवेअरको प्रयोग बढ्दो



श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ।  करवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ।

एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ।

साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ।

क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको छ। मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ‘ठूलो पहाडको एउटा सानो टुप्पो’ मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन्।

“धेरै व्यक्तिले आफ्नो कम्प्युटरको सुरक्षामा ध्यान दिन्छन् तर मोबाइलका बारेमा ध्यान दिँदैनन्,” इम भन्छन्। “हाम्रो सङ्ख्या हाम्रो सुरक्षा एप हालिएको मोबाइलबाट देखिएको हो त्यसैले यो कूल सङ्ख्याको नजिक पनि पुग्दैन।”

क्यास्पर्स्कीका अनुसार सबैभन्दा बढी स्टकरवेअर हालिएको देश रुस हो। दोस्रोमा भारत र त्यसपछि क्रमश: ब्राजिल, अमेरिका र जर्मनी पर्छ। त्यसपछि इटली, मेक्सिको, यूके, फ्रान्स र इरान रहेका छन्।

स्टकरवेअरबाट कसरी बच्ने?

अर्को सुरक्षा कम्पनी ईसेटले स्टकरवेअरको सम्बन्धमा गर्न सकिने केही कदमहरू भएको बताएको छ। ईसेटका जेक मुर भन्छन्: “आफ्नो मोबाइलमा कुन कुन एपहरू छ भनेर हेर्ने र समयसमयमा भाइरस छ कि भनेर हेर्ने गर्नुपर्छ।”

“आफूलाई थाहा नभएको एप देखिएमा त्यो के हो भनेर इन्टरनेटमा खोज्ने र मेट्ने गर्नुपर्छ।” “सजिलोको लागि कुनै पनि एप तपाईँ चलाउनु हुन्न भने त्यसलाई मेट्नु नै उपयुक्त हुन्छ।”

श्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ।

सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन्: “यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ। उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन्।”

“उनीहरूका लागि प्रविधि जाल बन्छ र धेरैले प्रविधि प्रयोग गर्नै कम गर्छन्।” “यसले तपाईँको बाँचुञ्जेल प्रभाव पार्छ। स्टकरवेअरको प्रयोग बढ्नु गम्भीर कुरा हो।”

जो टाइडी
बीबीसी, साइबर सुरक्षा संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको