त्रिवि परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन



काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ उद्घाटन गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिए ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताए ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा छन् । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ । केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे ।

उनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने बताए । नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको नेतृत्व गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय खाजामा लगानी बढाउन माग

  काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले

धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

  बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा

हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…

अदानचुली, (हुम्ला) । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र