अमेरिकामा प्रतिबन्धित ह्वावेई भारतीय दूरसञ्चार क्षेत्रमा बजार खोज्दै



अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई फाईभ जी उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी ह्वावेईले आक्रामक रूपमा भारतमा बजार खोज्न थालेको छ।

अब्जर्भर रिसर्च फाउन्डेशनसँग आबद्ध प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, “केही देशले उसलाई गलहत्याइदिइसकेका छन्। त्यसैले फाईभ जीका लागि भारतसँग सम्भावित सम्झौता विशेष रूपमा महत्त्वपूर्ण हुन सक्छ।”

उनका अनुसार तत्काल ह्वावेई सहज परिस्थितिमा भए पनि उसले संसारभरि तथा नयाँ बजारमा लगानी गर्नुपर्ने हुन्छ।”त्यसका लागि भारतभन्दा ठूलो बजार अर्को कुन हुन सक्छ?”

ह्वावेईले अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको छ। केही अन्य देशले पनि त्यस्तै निर्णय गर्न लागेका छन्। ह्वावेईका उपकरणमार्फत् चीनले जासुसी गर्न सक्ने अमेरिकाको आरोप छ।

तर प्रविधि तथा उपकरण उत्पादन गर्ने उक्त विशाल कम्पनीले त्यस्ता आरोपहरूको खण्डन गर्ने गरेको छ। आफ्ना कुनै पनि उत्पादनमा सुरक्षासम्बन्धी चुनौती नदिने र आफू चीन सरकारबाट सञ्चालित नभएको ह्वावेईको दाबी छ।

भारतको ताररहित दूरसञ्चारको बजार चीनपछि दोस्रो स्थानमा छ। त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो।अहिले खेप्नुपरेको समस्याका कारण भारत ह्वावेईको भविष्यका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्छ।

अमेरिकाले भारत तथा आफ्ना अन्य साझेदार राष्ट्रलाई ह्वावेईसँग सम्बन्ध नराख्न दबाव दिइराखेको छ। ह्वावेईसँग व्यवहार गरे दण्ड दिने धम्की पनि उसले दिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको

पानीजहाजमा आगलागी हुँदा फिलिपिन्समा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका

अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका