अमेरिकामा प्रतिबन्धित ह्वावेई भारतीय दूरसञ्चार क्षेत्रमा बजार खोज्दै



अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई फाईभ जी उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी ह्वावेईले आक्रामक रूपमा भारतमा बजार खोज्न थालेको छ।

अब्जर्भर रिसर्च फाउन्डेशनसँग आबद्ध प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, “केही देशले उसलाई गलहत्याइदिइसकेका छन्। त्यसैले फाईभ जीका लागि भारतसँग सम्भावित सम्झौता विशेष रूपमा महत्त्वपूर्ण हुन सक्छ।”

उनका अनुसार तत्काल ह्वावेई सहज परिस्थितिमा भए पनि उसले संसारभरि तथा नयाँ बजारमा लगानी गर्नुपर्ने हुन्छ।”त्यसका लागि भारतभन्दा ठूलो बजार अर्को कुन हुन सक्छ?”

ह्वावेईले अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको छ। केही अन्य देशले पनि त्यस्तै निर्णय गर्न लागेका छन्। ह्वावेईका उपकरणमार्फत् चीनले जासुसी गर्न सक्ने अमेरिकाको आरोप छ।

तर प्रविधि तथा उपकरण उत्पादन गर्ने उक्त विशाल कम्पनीले त्यस्ता आरोपहरूको खण्डन गर्ने गरेको छ। आफ्ना कुनै पनि उत्पादनमा सुरक्षासम्बन्धी चुनौती नदिने र आफू चीन सरकारबाट सञ्चालित नभएको ह्वावेईको दाबी छ।

भारतको ताररहित दूरसञ्चारको बजार चीनपछि दोस्रो स्थानमा छ। त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो।अहिले खेप्नुपरेको समस्याका कारण भारत ह्वावेईको भविष्यका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्छ।

अमेरिकाले भारत तथा आफ्ना अन्य साझेदार राष्ट्रलाई ह्वावेईसँग सम्बन्ध नराख्न दबाव दिइराखेको छ। ह्वावेईसँग व्यवहार गरे दण्ड दिने धम्की पनि उसले दिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर नगर्ने

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य

पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल

  इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गाह्रो

पेरिस । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ ।

युद्धविरामको सम्झौता अनुसार हमासद्वारा थप ६ इजरायली बन्धक रिहा

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको