प्रदेश तीनको क्यान महासंघमा न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



हेटौंडा । सूचना तथा संचार प्रविधिसँग सम्बन्धित व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश तीनको अधिवेशनले काभ्रेका मनोजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

न्यौपाने क्यान काभ्रेका पूर्व अध्यक्ष हुन् । कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने (चितवन), सचिव किरण श्रेष्ठ (सिन्धुली), कोषाध्यक्ष निर्जन श्रेष्ठ (सिन्धुपाल्चोक) र सदस्य रामकुमार श्रीवास्तव (मकवानपुर) निर्वाचित भएका छन् ।

अध्यक्ष न्यौपानेको कार्यकालमा क्यान काभ्रेले पहिलो पटक सूचना प्रविधि पार्कमा क्यान इन्फोटेक, मकरमेलाको अवसरमा पदयात्रा, आइसिटी छात्रवृत्ति कोष स्थापना, इभिलेज समन्वय समितिको अवधारणबाट जिल्लाका ११ वटा गाविसमा इभिलेज कार्यक्रम संचालन लगायतका कार्यहरु गरेको थियो ।

निर्वाचित अध्यक्ष न्यौपानेले प्रदेश कार्यसमिति मूलतः केन्द्रीय समिति र जिल्ला कार्यसमितिबीच सम्पर्क, समन्वय र सूचना आदान प्रदान गर्ने पुलको रुपमा क्रियाशील रहँदै प्रदेशको समृद्धिको यात्रामा अगाडि बढ्न सूचना प्रविधिलाई औजारको रुपमा परिचालन गर्ने कार्यमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साधारणसभाले सचिव मनोजकुमार न्यौपानेद्वारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन र भावी कार्ययोजना तथा कोषध्यक्ष किरण श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः संचारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना

इयुद्वारा टिकटकलाई ३४ करोड पचास लाख यूरो जरिवाना

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

  चितवन । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन