शरणार्थी जाँच्न गुगल ट्रान्स्लेट



अमेरिकाको नागरिकता तथा आप्रवासन हेर्ने सरकारी निकाय यूएससीआईएसले सामाजिक सञ्जालमा आप्रवासीहरूले लेखेको कुराको अन्लाइन अनुवाद गरेर परीक्षण गरेको भन्दै आलोचना भएको छ।

उक्त निकायका कर्मचारीलाई उपलब्ध गराइएको पुस्तिकामा गुगल ट्रान्स्लेट र बिङको सहायतामा अनुवाद गर्नु “अतिप्रभावकारी उपाय” भएको उल्लेख गरिएको छ।

प्रोपब्लिका नामक समाचार साइटले अन्लाइन टूलहरूले प्राय: वाक्यको गलत अनुवाद गर्ने तथा अर्थको सूक्ष्म अन्तर र बोलीचालीको भाषाको अनर्थ लगाइदिने जनाएको छ।

तर यूएससीआईएसले उक्त साइटलाई सामाजिक सञ्जालका पोस्टको परीक्षण गर्नु व्यावहारिक उपाय भएको बताएको छ।

उसका अनुसार केवल सामाजिक सञ्जालबाट सङ्कलित सूचना शरणार्थीलाई पुनर्वास नदिने आधार बन्दैन।

नयाँ नियमानुसार अमेरिकाको प्रवेशाज्ञाका लागि सबै आवेदकले आफूले चलाउने सामाजिक सञ्जालका खाताहरूको विवरण बुझाउनुपर्छ।

अमेरिकामा शरणार्थीको मान्यता पाइसकेका व्यक्तिका पति, पत्नी वा छोराछोरीको परीक्षण गर्ने विधि उक्त पुस्तिकामा उल्लेख गरिएको छ।

इन्टरन्याश्नल रेफ्युजी असिस्टन्स प्रोजेक्टले उक्त पुस्तिका भेटेपछि प्रोपब्लिकालाई उपलब्ध गराएको थियो।

त्यस पुस्तिकामा कहिलेकाहीँ अन्लाइन अनुवादले बोलीचालीको भाषा पूरै नबुझ्ने स्वीकार गरिएको छ।

कर्मचारीले विशेषज्ञको सहायतामा अनुवाद गर्नुपर्ने वा नपर्ने निर्णय काममा खटिएका कर्मचारीले लिन सक्ने बेहोरा त्यसमा उल्लिखित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा पर्यटकहरुको वृद्धि, होटल बसाइमा ऐतिहासिक रेकर्ड

टोकियो । फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको

जातीय हिंसामा सिरियामा १२ जनाको मृत्यु

बेरुत । सिरियामा जातीय हिंसासम्बन्धी घटनाहरू पुनः वृद्धि हुँदै गएका छन् । सोमबार

जर्मनीमा मुद्रास्फीति घट्यो, अमेरिका–युरोप व्यापार विवादले नयाँ चुनौती ल्याउन सक्ने

जर्मनी । जर्मनीको मुद्रास्फीति दर मार्च महिनामा केही घटेको देखिएको छ । यद्यपि,

भूकम्पका कारण म्यान्मामा एक हप्ताको राष्ट्रिय शोक घोषणा

म्यान्मा । म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको