नारायण पौडेल ।
यति विकेट झर्यो उति विकेट झर्यो जस्ता टिप्पणीले रवि–बालेनले देखाएको गाम्भीर्यतालाई न्याय गर्दैन । रास्वपा ४ मुद्धामा चुनावमा होमिएको थियो । १) पुस्तान्तरण २) सुशासन ३) प्रतिशोधको प्रतिकार ४) नवयुवा सहिदलाई न्याय ।
यि मध्ये पुस्तान्तरणमा रास्वपा सफल दरिएको छ । रास्वपाका कारण अन्य दलमा पनि पराकम्प गएको छ । सुशासनको मुद्धामा पनि रास्वपा संवेदनशील देखिएको छ । सुण्य सहनशीलता देखिने गरि दुई मन्त्री बिदा भएका छन् । नयकका पूराना सब चोर भन्ने भाष्यको बिनिर्माण गर्न रास्वपा निरन्तर जागरुक हुनुपर्नेछ ।
रविमाथि भएको भनिएको प्रतिशोधका कारणपनि रास्वपाले सहानुभुतिको मत पाएको थियो । रवि स्वंय शक्तिशाली सत्ता पक्ष भएकाले सो मुद्धा रास्वपासककग अब हुनेछैन । प्रधानमन्त्री बालेन र रविको तालमेल नमिलेको अवस्थामा बाहेक रविका मुद्धा मूलतः कानूनी बिषय हुन् ।
रास्वपाले निरुपण गर्नुपर्ने कठीन मुद्धा हो– नवयुवा सहिदलाई न्याय । राजनीतिक र नैतिकरुपमा ओली–लेखक हत्याका दोषी हुन्, किनकी उनीहरुनै सरकारमा थिए । तर, प्रारम्भिक अनुसन्धानमा न्यायीक दृष्टिले उनीहरु सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिदैन । त्यसो हो भने चाइल्ड बम जसरी नवयुवाहरुलाई कस्ले प्रयोग गर्यो वा कस्ले उडायो? खोजी हुनै पर्छ । अन्यथा, अर्को निर्वाचनमा केटाकेटीको हत्या कस्ले गर्यो ? कांग्रेस–एमालेको मुद्धा बन्नेछ । यो मुद्धा थाती राख्नु रास्वपाका लागि आत्मघाती हुनसक्छ ।
नवयुवाको आन्दोलनमा सुदन गुरुङको सहभागिता र उदय निश्चय नै सन्देहपूर्ण छ । गृह मन्त्रालयमा उनको नियुक्तिले निष्पक्ष छानबिनको आशामाथि चिसो पानी खन्याइदिएको थियो । ढिलै भएपनि कोर्स करेक्सन भएको छ । यसर्थ रवि–बालेनलाई धन्यवाद भन्नुपर्छ ।
सरकार सफल नभइ देश सफल हुँदैन । रचनात्मक आलोचना बिना सरकार सफल हुँदैन । यो मर्मलाई आत्मसाथ गर्दै सरकारको आलोचना र समर्थन जारी राखिनुपर्छ ।

प्रतिक्रिया