उपसभामुखमा राप्रपाकी लामालाई पराजित गर्दै श्रम संस्कृतिकी ठाकुर निर्वाचित


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै ठाकुर निर्वाचित भएकी हुन् ।

लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनको पक्षमा ५ मत मात्रै परेको छ । शुक्रबारको बैठकमा २ सय ५७ सांसद उपस्थित थिए । लामाको विपक्षमा २१५ मत खस्यो भने तटस्थमा ३७ मत परेको छ ।

ठाकुरलाई रास्वपा, श्रम संस्कृति, नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए भने नेकपा एमाले तटस्थ बसेको थियो ।