काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनले ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’ उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे । उनले अब सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण नहुने बताए ।
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।

प्रतिक्रिया