एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्वाचित


काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा थापा निर्विरोध निर्वाचित भएका हुन् ।

बैठकमा सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेपछि निर्वाचन प्रक्रियामा गएको थियो । सुहाङले उम्मेदवार फिर्ता लिएसँगै थापा दलको नेता चयन भएका निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिएका छन् ।

मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट थापा उपाध्यक्षमा निर्वाचित भएका थिए । यो पटक थापा समानुपातिक बन्दसूचीमा रहेका थिए ।