‘कांग्रेस, एमालेलगायतले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाईँ एकसाथ लड्न तयार रहनु’


काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार सामाजिक संजालमार्फत भट्टराईले नेपाली कांग्रेस, एमाले र प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहन आह्वान गरेका हुन् ।

उनले यो लडाई अलि लामो हुन सक्ने भएकाले भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरुलाई पार्टीबाट बिदा गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘कांग्रेस, एमाले र अरु प्रतिपक्षीहरु राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाई एक साथ लड्न तयार रहु । यो लडाईँ अलि लामो हुन सक्छ । तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर, भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरुलाई बिदा गर । पपुलिजमको उत्कर्समा न्यायालयको धेरै भरोसा नगर । पपुलिजमको उत्कर्षमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख ।’