हर्क साम्पाङ भन्छन्-अब हुने भनेकै प्रतिशोधको राजनीति हो


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमार्फत उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको र अब यस्तै हुने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्यक्रममा भन्या थें’ अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो !’ भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’

जेनेजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली र लेखक पक्राउ परेका छन् ।