सरकारलाई एमाले महासचिवको चेतावनीः प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । पार्टी अध्यक्ष पक्राउ परेपछि सामाजिक संजालमार्फत महासचिव पोखरेलले सरकारलाई जिम्मेवार बन्न र अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

उनले भनेका छन् ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार वन, अविलम्ब रिहा गर !’ एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो ।