महान्यायाधिवक्ता सविता भण्डारीले दिइन् पदबाट राजीनामा


काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । शुक्रबार प्रधानमन्त्री बालेन साहलाई भेटेर महान्यायाधिवक्ता भण्डारीले राजीनामा बुझाएकी हुन् । भण्डारीलाई सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।