देशको समुन्नतिका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा रचनात्मक सहयोग रहन्छः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री नियुक्त भएकोमा बालेन साहलाई बधाइ दिएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत सभापति थापाले बालेनलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना !’