टिम कप्तानको रूपमा निर्वाचनमा गएकोले आफूले जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिएको हुँः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार र हतासमा राजीनामा नदिएको बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले हतारोमा राजीनामा नदिएको बताएका हुन् ।

उनले जवाफदेहिताको लागि लागि आफूले राजीनामा दिएको बताए । निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि निर्वाचनका प्रक्रिया बाँकी रहेकोले आफूले ढिलोगरी राजीनामा दिएको उनले बताए ।

उनले टिमको कप्तानको रूपमा निर्वाचनमा गएकोले आफूले जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिएको बताए । उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपथ्र्यो भन्ने कसैले कल्पना नै नगरेको बताए ।

उनले भने, ‘मत माग्न वा हाल्न नजानेले अनुमान लगाउन सक्नुहुन्न । विशेष महाधिवेशन गरेर कमजोरी पो गर्यौँ कि भन्ने अलमलिएर यो निर्णयमा पुगेको होइन ।’