कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेविसंघको हस्ताक्षर संकलन अभियान, प्रधानमन्त्रीलाई बुझाउने


काठमाडौं । नेपाल विद्यार्थी संघले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । मंगलबार त्रिचन्द्र कलेजका नेविसंघका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन् ।

त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए । उनले हस्ताक्षर सङ्कलन गरी प्रधानमन्त्रीलाई बुझाउने बताए ।

प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए । प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब परेपनि सरकारे अझै पनि प्रतिवेदन सार्वजनिक गरेको छैन । रजनीतिक दल, नागरिक समाज तथा विभिन्न जेनजी समूहले पनि प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् ।