पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछः उपसभापति शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापाले निर्वाचनमा पराजयको नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक कुरा भएको बताएका छन् ।
बिहीबार साँझ सामाजिक संजालमार्फत उपसभापति शर्माले तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !’
सभापति थापाले बुधबार उपसभापति शर्मासमक्ष राजीनामा दिएका छन् । निर्वाचनको समीक्षा गर्न कांग्रेसले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया