उपराष्ट्रपतिद्वारा गुण्डु पुगेर ओलीप्रति समवेदना व्यक्त


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।