सर्वोच्चले दिएन किशोरी साहको रिटमा अन्तरिम आदेश, मातृका यादवको पद कायम


काठमाडौँ । सर्वोच्च अदालतले धनुषा १ का रास्वपाका उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उनको रिटमा अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । बैंकको कालो सूचीमा परेपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन लड्न नपाएपछि उनी अदालत पुगेका थिए । उता आयोगले भने नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि मातृकाको सांसद पद यथावत हुने भएको छ ।