जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन


काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

जेनजी अगुवा रक्षा बमसहितले माइतीघरमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरेका हुन् । उनीहरूले देशका विभिन्न घटनाको छानबिन गर्न आयोग बन्ने र आयोगको प्रतिवेदन सरकारलाई बुझाउने गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । तर सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।