काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका नेता शेरबहादुर तामाङप्रति कटाक्ष गरेका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत बास्कोटाले तामाङलाई लक्षित गर्दै आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने आफू नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलगेछन ।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका इतिहस हेरौँ न ।’

प्रतिक्रिया