काठमाडौं । नेकपाबाट निष्कासित नेता हरिबोल गजुरेलले आफूले पार्टी नेतृत्वसमक्ष राखेको चार बुँदे प्रस्तावलाई गम्भीरतापूर्वक लिइएको भए वर्तमान जटिल अवस्था नआउने दाबी गरेका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत गजुरेलले तत्कालीन नेकपा माओवादी केन्द्रको असोजमा बसेको पदाधिकारी बैठकमा राखेको चार बुँदे प्रस्तावलाई नेतृत्वले बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पदाधिकारीहरूको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आश्विनमा सम्पन्न बैठकमा मैले भूमिका सहित पेस गरेको ४ बुँदे लिखित प्रस्तावलाई नेतृत्वले गम्भीरतापूर्वक लिएको भए आजको यो विडम्बनापूर्ण अवस्था सम्भवतः आउने थिएन। उक्त प्रस्तावको भूमिकामा समकालीन जेन–जी आन्दोलनको मर्म र भावनालाई समेटिएको थियो। तर त्यसलाई हटाएर केवल बुँदाहरू मात्र राखिएको छ।’
यस्तो छ गजुरेलको भनाई
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पदाधिकारीहरूको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आश्विनमा सम्पन्न बैठकमा मैले भूमिका सहित पेस गरेको ४ बुँदे लिखित प्रस्तावलाई नेतृत्वले गम्भीरतापूर्वक लिएको भए आजको यो विडम्बनापूर्ण अवस्था सम्भवतः आउने थिएन। उक्त प्रस्तावको भूमिकामा समकालीन जेन–जी आन्दोलनको मर्म र भावनालाई समेटिएको थियो। तर त्यसलाई हटाएर केवल बुँदाहरू मात्र राखिएको छ।
कमरेड संयोजक
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
……………………………………………………………………………………
१) संसदवाद विरुद्धको संघर्ष :
एउटा चुनावदेखि अर्को चुनावसम्म सीमित सोच हावी हुनु र “जो संग मिलेर पनि चुनाव जित्ने” प्रवृत्ति विकसित हुनु — संसदवादमा फसेको स्पष्ट प्रमाण हो। यस सन्दर्भमा, आगामी २०८२ फागुनमा हुने निर्वाचनमा संघीय मन्त्री वा सांसद भइसकेका कोही पनि उम्मेदवार नहुने निर्णय गर्न सकिएमा, जनविश्वास पुनः स्थापित गर्न मद्दत पुग्नेछ। यसले संसदवादको दाग मेटाउन पनि योगदान पुर्याउनेछ।
२) वैचारिक स्खलन र सुधारको आवश्यकताः
हामी विचारमा व्यवहारवाद र संगठनात्मक रूपमा उपयोगितावादको चङ्गुलमा नराम्रो संग फसेका छौं। जे जति गल्ति– कमजोरी भएका छन्, हेडोलोजीमै समस्या भएर हो । यसको ईलाज नगर्दासम्म समाजवादी क्रान्ति गफमै सिमित हुनेछ। हामीले वैचारिक स्खलनलाई स्वीकार्दै अब यसप्रकारका भड्काव र विचलनबाट बच्ने दृढ प्रतिवद्धता गर्नुपर्छ। वैचारिक स्पष्टता र क्रान्तिकारी अनुशासन पुनस्र्थापना नगरेसम्म रूपान्तरण सम्भव हुँदैन।
३) नयाँ वातावरण निर्माणः
हिजो विभिन्न तहमा रहेर प्रभावकारी भूमिका खेलेका तर संसदवादी प्रवृत्तिको विरोध गर्दै साइडमा बसेका कमरेडहरूलाई पुनः उत्साहित र सक्रिय बनाउने वातावरण तयार गर्न जरुरी छ। अहिले जनताले उनीहरूको कुरा सुन्न र स्वीकार गर्न तयार छन् — यो अवसर गुमाउनु हुँदैन।
४) पार्टीभित्रको अतिवाद र संश्लेषणको आवश्यकताः
केन्द्रीय नेतृत्व जोडिएको सिन्धुली जिल्लामा देखिएको अस्वस्थ अन्तरसंघर्षहरूको उचित निरूपण र समाधान गर्नु अब अपरिहार्य छ। पार्टी एकता हुनु अघि वैचारिक र संगठनात्मक संश्लेषण हुनु अत्यावश्यक छ। समयमै संश्लेषण नगर्ने हो भने यसले पार्टीका अन्य काममा ब्यवधान ल्याउन सक्छ ।
हरिवोल गजुरेल
सचिवालय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

प्रतिक्रिया