लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछः गोकुल बास्कोटा


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचन परिणामलाई लिएर पार्टी नेतृत्वप्रति कटाक्ष गरेका छन् । सामाजिक संजालमार्फत बास्कोटाले लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएको भन्दै कटाक्ष गरेका हुन् । उनले समयले नसुधारे डाइनोसर बन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन, रि–थिङ्क, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुली थप्न सोली बनायौँ । लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ?डोन्टओरी !’