गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ ।
तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । उक्त दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले पाएको मत बढी छ ।
नेपाली काँग्रेसले समानुपातिकतर्फ दलले २८ हजार ६५६ मत पाएकोमा उम्मेदवारले पाएको मत ३० हजार ४९४ छ । नेकपा एमालेले समानुपातिकतर्फ दलले पाएको मत २४ हजार १९९ रहेकोमा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत २५ हजार ८२८ रहेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवारले भन्दा दलले बढी मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत चार हजार २७ रहँदा समानुपातिकतर्फ दलले पाएको मत छ हजार ४६६ रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत पाँच हजार २११ हुँदा समानुपातिकतर्फ दलले पाएको मत पाँच हजार ७६३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया