सोलुखुम्बुमा कांग्रेसका कार्की निर्वाचित


काठमाडौँ । सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । कार्की १३ हजार १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै कार्की विजयी हुँदा तेस्रो स्थानमा रहेको एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् ।

रास्वपाका ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका बीएसस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।