काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनी ४३ हजार ९६ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे ।
त्यस्तै नेकपाका राजकाजी महर्जनले ६०२२, नेकपा एमालेका सन्दन थापा मगरले ३२९७, राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२, र उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याएका छन् ।

प्रतिक्रिया