गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । नेकपा एमालेका गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा बिष्टले १६ हजार ३८२ मत प्राप्त गरे । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत र नेकपाका श्रीराम महतले ३ हजार ०७९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया