डोटीमा कांग्रेसका भरत खड्का विजयी


काठमाडौं । डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतले पराजित गर्दैै खड्का विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् । डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।