सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङमा ऐन महर निर्वाचित


काठमाडौं । बझाङमा नेकपा एमालेका ऐनबहादुर महर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनी १८ हजार ५४३ मत ल्याएर निर्वाचित भएका हुन् ।

महरका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।