काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत सविता शर्माका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार नौ सय ८२ मत, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले तीन हजार पाँच सय ४४, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले तीन हजार छ सय ६७ मत प्राप्त गरेका छन् ।
सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलसहित २७ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया