गण्डकी । कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बनेकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बनेकी मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो भए भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बनेका छन् ।
त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया