काठमाडौँ-८ बाट विराजभक्त दोस्रो पटक निर्वाचित


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याएका छन्। उनी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।