काठमाडौँ । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि उडान बन्द भएका कारण कुवेत विमानस्थलमा रोकिएका यात्रुलाई सहयोग गर्न कुवेतस्थित नेपाली दूतावासले सहजीकरण गरेको छ ।
कुवेतको हवाइक्षेत्र बन्द भएको कारण कुवेत विमानस्थलमा रोकिएका नेपाली यात्रुहरुलाई सम्बन्धित एयरलाइन्सले बस्ने व्यवस्था गरेको होटलमा नेपाली राजदूतावासको प्रतिनिधिले भेट गरी आवश्यक सहयोग उपलब्ध गराएको दूतावासले जनाएको छ ।
साथै यात्रुहरुकालागि आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउनकालागि नेपाली राजदूतावासले कुवेतको सम्बन्धित निकायमा निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया